सहारा नै ढलेपछि...

मुद्दा दर्ता भएपछि आरोपितहरूविरुद्ध कानुन कारबाहीको प्रक्रिया अघि बढेको छ । तर, आफन्त गुमाएका परिवारमा परेको सन्ताप घटेको छैन । पश्चिम रुकुमको सोती घटनामा हत्या गरिएका ६ युवाका आफन्त न्यायका लागि खबरदारी गरिरहेका छन् ।

'आलोचना गर्नलाई रुकुम घटना सरकारले घटाएको हो र ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम घटनालाई लिएर सरकारको आलोचना गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । रुकुम पश्चिममा भएको घटनालाई लिएर संसदमा सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले जवाफ दिने क्रममा सरकारको आलोचना गर्नुपर्ने ठाउँ नै नभएको बताएका हुन् ।

रुकुम घटना : अनुसन्धानमा पीडितको अविश्‍वास

भेरी नदीमा गत जेठ १० गते राति नवराज विकको शव भेटियो । बाँकी पाँच जना बेपत्ता थिए । तीमध्ये एक थिए, सन्देश शाहीका सहोदर भाइ गोविन्द । गोताखोर पुग्नुअगावै सन्देश, सुवर्ण रोकाया, ज्ञानु शर्मासहित जाजरकोट खलंगाका युवा शव खोज्न भेरी किनारमा डुलिरहे ।

रुकुम हत्या प्रकरण : मृतकका परिवारलाई १० लाख राहत सिफारिस

पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 

रुकुमको सोतीगाउँ घटना : के छ आरोपपत्रमा ? 

रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सुरु भइसकेको छ । चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न भएको आरोपपत्रमा उल्लेख छ ।

नवराजकी 'प्रेमिका'को बयान : ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’

गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् ।

रुकुम हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन- 'न्याय हरण हुनलाग्यो'

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा जेठ १० गते भएको हत्याकाण्डको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । दलितमाथि जातीय आधारमा हत्याका‌ण्ड मच्चाइएको भए पनि राज्य संयन्त्र नै लागेर यसलाई दबाउन खोजिएको विरोध प्रदर्शनका वक्ताहरुले बताएका छन् । 

अनुगमन टोलीले भन्यो- 'रुकुम घटना जातीय विभेदबाट सिर्जित'

रुकुम (पश्चिम) चौरजहारीस्थित सोतीमा भएको घटना जातीय विभेदबाट सिर्जित भएको प्रतिवेदन बुटवलमा सार्वजनिक भएको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा नागरिक तहको मानव अधिकारकर्मी र पत्रकारको अध्ययन/अनुगमन टोलीले शुक्रबार बुटवलमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

रुकुम घटना : प्रहरीले जोगाएन प्रमाण

जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक दुई साथीसहित वैशाख १७ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । सोतीमा उनकी प्रेमिका थिइन् तर उनलाई भेट्न नपाउँदै चौरजहारी इलाका प्रहरी कार्यालयबाट केही प्रहरी आए, नवराजसहित तीनै जनालाई समातेर लगे ।

रुकुम घटनाका पीडित भन्छन् : न्याय पनि मर्ने हो कि भन्‍ने चिन्ता छ 

भेरी नगरपालिका–४, जाजरकोटका पदम बुढामगरले १९ वर्षका छोरा गणेश मारिएपछि किरिया कर्मसमेत राम्ररी गर्न पाएनन् । उनलाई किरियाभन्दा पनि न्यायको चिन्ताले पिरोल्यो । संस्कार सकिँदा नसकिँदै उनी दौडधुपमा छन् ।

रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन

रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्पट र ढुंगा प्रहारबाट घाइते भएकाहरू छटपटाइरहेका थिए । मृतक, बेपत्ता र घाइतेका आफन्तमात्र होइन, पूरा जाजरकोट शोकमा थियो ।

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्‍यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मिसन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् ।

रुकुम : प्रतिक्रान्तिको पनि इपिसेन्टर !

‘रुकुमजस्तो ठाउँलाई बदनाम गराउन खोज्ने ?’ ‘जातीय द्वेष फैलाउने ? सामाजिक सद्भाव भाँड्ने ?’ रुकुमको चौरजहारीमा नवराज विकलगायतका ६ जना युवाहरूलाई उच्च जातीय अहंकारयुक्त उन्मादी भीडले कुटीकुटी मारेर नदीमा फाल्यो ।