बजेट २०७७

प्रदेश १ को विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७७ बुधबार बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित गरेको हो । विधयेक पारित भएपछि आर्थिक बर्ष २०७७/०७८ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको हो । 

बजेट सम्बन्धी सबै विधेयक प्रमाणिकरण

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अन्तरसम्बन्धित सबै विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रामाणिकरण गरेकी छन् ।

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ७४ करोड

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८का लागि  १ अर्ब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० रुपैयाँको बजेट ल्याएको छ ।

धनगढी  उपमहानगरपालिको बजेट १ अर्ब ६३ करोड

धनगढी उपमहानगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम  र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । धनगढीसहित कैलालीका स्थानीय तहहरुको अगामी आर्थिक वर्ष २०७७/०७८को बजेट तथा नीति र कार्यक्रम कोरोना केन्द्रीत छन् ।

काठमाडौं महानगरको बजेट १६ अर्ब ४२ करोड

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ ।

बुटवल उपमहानगरले ल्यायो २ अर्ब १ करोडको बजेट 

स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएको छ ।

बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रिय सभाबाट पनि पारित

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकले बजेटसँग सम्बन्धित एक विधेयक बहुमत र दुई विधेयक सर्वसम्मतिले पारित भएका हुन् । 

एमसीसी सम्झौतै नपढी अमेरिकी सेना आउँछ भनेर हल्ला गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् । संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् । 

खर्च र आम्दानीबीचको असन्तुलनले अर्थतन्त्रमा संकट पर्छ : सांसदहरू 

कोरोना भाइरस (कोभिड- १९) का कारण अर्थतन्त्रमा देखिएका संकेतहरूले कुनैपनि बेला गम्भिर संकट देखापर्ने खतरा रहेको सांसदहरूले बताएका छन् । खर्च र आम्दानीमा देखिएको अन्तरले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको भन्दै सांसदहरूले चिन्ता जनाएका छन् । 

वाग्मतीमा महत्त्वाकांक्षी बजेट

कोभिड–१९ का कारण सिर्जित परिस्थितिलाई नदरअन्दाज गर्दै वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि महत्त्वाकांक्षी बजेट ल्याएको छ ।

प्रदेशहरूको बजेट : स्वास्थ्यमा प्राथमिकता, सांसदलाई निरन्तरता

सोमबार सार्वजनिक गरिएको प्रदेश सरकारहरूको बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा उल्लेख्य रकम छुट्याइएको छ । सुदूरपश्चिम प्रदेशबाहेक सबैले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि छुट्टै कोष बनाई बजेट विनियोजन गरेका छन् ।

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट [पूर्णपाठ]

केही पुराना र केही नयाँ कार्यक्रमहरुसहित सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । कूल बजेटमध्ये १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।

गण्डकीले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट [पूर्णपाठ] 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।

कर्णालीमा ३३ अर्ब ७४ करोडको बजेट, कोरोना कोषलाई १ अर्ब [पूर्णपाठ]

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए ।

अर्थसम्बन्धी तीन विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (२४औँ सशोधन), २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनसमक्ष यी तीन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैंकले अस्‍वाभाविक नाफा खोजे अप्ठेरोमा पर्छन्, उद्योग मर्छन् : अर्थमन्त्री 

अर्थमन्त्री युवराज खतिवडाले अहिलेको अवस्थामा बैंकहरूले अत्यधिक नाफा खोज्‍न नहुने बताएका छन् । उनले बैंकहरूले अस्वाभाविक नाफा खोज्न थालेमा उद्योग मर्ने र बैंकहरू अप्ठेरोमा पर्ने बताएका हुन् ।

राष्ट्रिय सभाबाट 'विनियोजन विधेयक' प्रस्ताव बहुमतले स्वीकृत

राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव गरेका थिए ।

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित 

सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो । 

भारतले कब्जा गरेको भूमि फिर्ता गर्नु नै समस्याको समाधान हो : प्रधानमन्त्री ‌ओली

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा भारतले सैनिक बसालेर कब्जा गरेको नेपालको भूमि फिर्ता गर्नु नै समस्याको समाधान रहेको बताएका हुन् । 

कर्मचारीको भत्ता काट्दा किन काटिएन राष्ट्रपतिदेखि सांसदसम्मको सुविधा ? 

कोरोनासँग लड्न भारतसहित धेरै मुलुकमा राष्ट्राध्यक्षदेखि सांसदसम्मको तलब घटाइएको छ, अनुत्पादक क्षेत्रको बजेट रोकिएको छ । हाम्रो मुलुकमा न त लाभको पदमा रहेका राजनीतिक नेतृत्व र सांसदको तलब नै घटाइयो, न त सांसद विकास कोषजस्ता बोझिला र विवादास्पद कार्यक्रम नै स्थगित गरियो । 

अहिले हिसाबको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा अनियमितता भएको भनेर उठाएका प्रश्नको जवाफ दिँदै त्यसो गरेको पाइएमा कानुनको कठघरामा उभ्याइने बताएका हुन् ।