गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको संख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था गर्ने वा जो–जहाँ छन्, त्यही आसपास प्रभावकारी गाँसबासको प्रबन्ध मिलाउने विकल्प अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रोकिदिएको खुलासा भएको छ ।