संसद्मा उपसभामुखको पद खाली भएको दुई महिना पुग्नै लागेको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट माघ ६ गते राजीनामा गरेकी थिइन् । सभामुखमा अग्निप्रसाद सापकोटा माघ १२ गते निर्वाचित भएका थिए । तर, उपसभामुखको निर्वाचन कहिले हुने भन्नेमा सभामुख सापकोटा र संसदमा झन्डै दुई तिहाइका साथ उपस्थित सत्तारुढ नेकपाको निर्णयको पर्खाइमा छन् ।