अध्यागमनले गर्‍यो १२२ चिनियाँलाई मात्र एक हजार रुपैयाँ जरिवाना, ४ वर्ष नेपाल आउन प्रतिबन्ध

काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । यस्तै अध्यागमन कानुन उल्लंघन गरेबापत ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजारका दरले जरिवाना पनि गरिएको छ । चिनियाँलाई गरिएको सजायबारे विभागले औपचारिक रुपमा बाहिर ल्याएको छैन ।

पक्राउ परेका १२२ चिनियाँको 'ट्राभल डकुमेन्ट' जारी, अध्यागमनमा पठायो दूतावासले औपचारिक विवरण

काठाडौंबाट पुस ७ गते पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक फिर्ता लैजान चीनले ‘ट्राभल डकुमेन्ट’ जारी गरेको छ । सोमबार नेपालस्थित चिनियाँ राजदूतावासले भीसा भएका ३० सहित सबै चिनियाँको राहदानी रद्द गर्दै ट्राभल डकुमेन्ट जारी गरेको हो ।

पक्राउ परेका १२२ चिनियाँलाई फिर्ता पठाउन प्रक्रिया सुरु, राहदानी नभएकाहरुको 'ट्राभल डकुमेन्ट' बनाइदिन चिनियाँ दूतावासलाई आग्रह

अध्यगमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई 'डिपोर्ट' गर्ने प्रकृया सुरु गरेको छ । पक्राउ परेका मध्ये ९२ जनाको राहदानी नरहेको देखिएपछि अध्यगमनले चिनियाँ दूतावासलाई 'ट्राभल डकुमेन्ट' बनाइदिन आग्रह गरेको छ ।

पक्राउ परेका ८४ चिनियाँको राहदानी भेटिएन

नेपाल प्रहरीले सोमबार गरेको बृहत सर्च अप्रेशनमा मनमैंजुबाट पक्राउ परेका मध्ये ८४ जना चिनियाँको राहदानी फेला नपरेको बताएको छ । प्रहरी स्रोतका अनुसार मजमैंजु क्षेत्रमा रहेका घरहरुबाट नियन्त्रणमा लिइएका चिनियाँहरुको राहदानी फेला परेको छैन ।

संयुक्त अपरेसनमा १२२ चिनियाँ पक्राउ : चीन

शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा सोमबार काठमाडौंबाट चिनियाँ नागरिक पक्राउमा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको चीन सरकारले जनाएको छ ।

चिनियाँ सहरहरुमा क्रिसमस मनाउन प्रतिबन्ध

चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।

पक्राउ परेका चिनियाँसँग बयान लिन विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइयो

सोमबार काठमाडौंका विभिन्न स्थानमा नेपाल प्रहरीको टोलीले गरेको सर्च अपरेशनमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न प्रहरीले विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाएको छ ।  

प्रहरीको 'सर्च अप्रेसन'मा पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो [अपडेट]

नेपाल प्रहरीले काठमाडौंको विभिन्न स्थानमा 'सर्च अप्रेसन' गरी १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौं संयुक्त टोली यस सर्च अप्रेसनमा सामेल थियो ।

विमानस्थलबाट ८ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

एटीएम रकम चोर्न भारतमा योजना

नेपालका बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम चोर्न संगठित गिरोहले भारतमा योजना बनाएको खुलेको छ  । कृषि विकास बैंक लहान शाखाबाट चोरिएको रकमसहित पक्राउ परेका १२ जनाले भारतमा रहेको ह्याकरको योजनाअनुसार आफूहरूले काम गरेको बयान दिएका छन्  ।

एटीएम ह्याक गरेर चोरी : चिनियाँ गिरोहका थप एक सदस्य विमानस्थलबाट पक्राउ, ३ नेपाली पनि ठमेलबाट पक्राउ

एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना र ठमेल क्षेत्रबाट ३ जना नेपाली पक्राउ गरेको बताएको छ ।

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बै‌क तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् ।