मन्त्रिपरिषद्

सरकार छाड्ने/नछाड्ने पार्टीले निर्णय गर्नेछः यादव

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणमा रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय एकाएक फेरिदिने निर्णयले पुरै पार्टीपंक्ति आक्रोशित देखिएका बेला स्वयं यादवले भने स्वदेश फर्केपछि मात्र त्यससम्बन्धमा औपचारिक प्रतिक्रिया जनाउने बनाएका छन् । 

'प्रधानमन्त्रीको कार्यशैलीमा स्वच्छाचारी र निरंकुश प्रवृत्ति देखा पर्‌यो'

आवश्यक सरसल्लाह बिनै मन्त्रिपरिषद् हेरफेर गरिको भन्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

नेकपा अध्यक्षद्वयले भेटे राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आजै बिहान बालुवाटारमा छलफलपछि उनीहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने स्रोतको दाबी छ ।

ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल हुँदै

नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि बुधबार बिहान ९ बजे देखि नै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ‌ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिँदै कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई भनेका थिए ।

मन्त्री हेरफेर ‘आज’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानुहोला ।’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, 'भोलि मन्त्रिपरिषद् हेरफेर हुन्छ, यसमा अन्यथा नमान्नु होला'

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका छन् । 
ADVERTISEMENT
ADVERTISEMENT

हेरफेरको चर्चाले मन्त्रीको कामै प्रभावित

यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि तपाईंको सम्भावना छ ?’ मन्त्रीमण्डल पुनर्गठन चर्चा भैरहेका बेला कर्मचारीको जवाफ सुनेर मन्त्री छक्क परे । 

मन्त्रिपरिषद् पुनर्गठन तयारी

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएका छन् ।