[अपडेट] झडपमा घाइते नख्खु जेलका कैदीको मृत्यु

नख्खु जेलमा झडप हुँदा घाइते एक कैदीको मृत्यु भएको छ । कैदी पवनकुमार महतोको प्रहारबाट सख्त घाइते भएका पूर्णबहादुर राजीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नख्खु जेलका जेलर बेदप्रकाश अर्यालले अस्पताललाई उद्धृत गर्दै कैदीको मृत्यु भएको पुस्टि गरे ।