कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

न्युटन कपमा ग्रिनल्यान्ड र भ्याली पब्लिक विजेता

काठमाडौँ — ग्रिनल्यान्ड र भ्याली पब्लिकले प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन भए ।

न्युटन कपमा ग्रिनल्यान्ड र भ्याली पब्लिक विजेता

आयोजक न्युटन हाइस्कुलको कोर्टमा ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८–१२ स्कोरले हराउँदा ग्रिनल्यान्डका सुरेश बिसीले ८ स्कोर जोडे ।

गर्ल्सको फाइनलमा भ्यालीले फेरिल्यान्डलाई १८–१६ ले हरायो । भ्यालीकी एन्जल गुप्ताले ७ स्कोर गरिन् । दुवैतर्फ विजेताले १० हजार र दोस्रोले ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

उपाधि विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाएका छन् । उपाधि विजेताबाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि फरक–फरक प्रतिशतमा छात्रवृत्तिको अवसर दिइएको छ ।

फाइनलका सर्वाधिक स्कोरकताद्वय सुरेश र एन्जल आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसीलगायतले पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ गरी ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नारायण खवासले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?