कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

अञ्जनलाई चिनियाँ स्पोर्ट्स कम्पनीको साथ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई चिनियाँ स्पोर्ट्स पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ । शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता तीन वर्षको हुनेछ । 

अञ्जनलाई चिनियाँ स्पोर्ट्स कम्पनीको साथ

कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाक उपलब्ध गराउने छ । आर्थिकको विषय भने दुवै तर्फबाट गोप्य राखिएको छ ।

कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलोपटक फुटबलमा सहकार्य गरेका छौं । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,’ कार्कीले भने ।

कम्पनीले नेपालमा फुटसल, बास्केटबलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस पइन्ट कप आयोजना गरिरहेको छ । सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्‍याउनेछ ।’

प्रकाशित : जेष्ठ १२, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?