कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

मेयर कप ब्याडमिन्टनको उपाधि वसन्त र प्रेमको जोडीलाई 

आनन्द गौतम

ताप्लेजुङ — चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जितेका छन् । सिनियर डबल्सतर्फ आन्द्रेश आङ्बोहाङ र भुपे फेम्सोहाङको जोडीलाई २१-९, २१-११ को सोझो सेटमा पराजित गर्दै उनीहरुले उपाधि जितेका हुन् ।

मेयर कप ब्याडमिन्टनको उपाधि वसन्त र प्रेमको जोडीलाई 

उनीहरूले २५ हजार नगद हात पारे भने आन्द्रेश र भुपेशको जोडीले २० हजारमा चित्त बुझाउनु पर्‍यो ।

भेट्रान्सतर्फ वसन्तकुमार गुरुङ र मानबहादुर लिम्बूको जोडीले काजीमान गुरुङ र सरोज लिम्बूको जोडीलाई पराजित गर्दै उपाधि जिते । जुनियरतर्फ केशव पौडेल र शिव काम्बाङको जोडीले दक्ष लिम्बू र वसन्त तामाङको जोडीलाई २-१ को खेलमा पराजित गरे ।

मिक्स डबल्सतर्फ भावनादेवी केदेम र आन्द्रेश लिम्बूको टिमले सरुना गुरुङ र प्रेम माबोको टिमलाई सोझो सेटमा पराजित गरे ।

कर्मचारीतर्फ गजेन्द्र थलङ र विकाश तामाङको जोडीले २-१ को अन्तरमा विकाश थेबे र पविन्द्र लिम्बूको जोडीलाई पराजित गर्दै उपाधि जिते । फुङलिङ नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा सुमन घतानी उत्कृष्ट र सुरज मादेन अनुशासित खेलाडीको रुपमा पुरस्कृत भए ।

प्रकाशित : चैत्र २५, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?