२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

कञ्जनजंगालाई पराजित गर्दै आयोजक भरौल गोल्डकपको सेमिफाइनलमा

अर्जुन सुवेदी

सुनसरी — पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजित गर्दै आयोजक न्युस्टार क्लब सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्जनजंगालाई पराजित गर्दै आयोजक भरौल गोल्डकपको सेमिफाइनलमा

सुनसरीको बराहक्षेत्र ५ मा शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा न्युस्टारले पाहुना टोली कञ्चनजंगालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । न्युस्टारको जीतमा सन्तोष श्रेष्ठ, सन्दिप श्रेष्ठ र निशान लिम्बुले एक एक गोल गरे । कञ्चनजंगाका अनिष राई र अभिषेक दर्जीले एक एक गोल गरे ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको कञ्चनजंगाले दोस्रो हाफमा उक्त अग्रता जोगाउन नसक्दा क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयो । खेलको दोस्रो मिनेटमै अनिषले गोल गरेर अग्रता लिएको कञ्चनजंगाका अभिषेकले ४५ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई २–० को स्थितिमा ल्याएका थिए । तर दोस्रो हाफमा आयोजक न्युस्टार खेलमा फर्कियो ।

दोस्रो हाफको तेस्रो मिनेटमा सन्तोषले गोल फर्काए । दोस्रो हाफको २५ औं मिनेटमा सन्दीपले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । खेलको अन्तिम हाफको ३ मिनेटको अतिरित्त समयमा निशानले गोल गर्दै आयोजकलाई पुनरागमन जीत दिलाए । खेलको म्यान अफ द म्याच आयोजकका सन्तोष श्रेष्ठ घोषित हुँदै नगद ५ हजार पाए ।

न्युस्टारले अब सेमिफाइनलमा बिभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं र बिर्तामोड न्युस्टार क्लब झापाबीच सोमबार हुने अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग बुधबार प्रतिष्पर्धा गर्नेछ । आइतबारको तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाइज युनियन काठमाडौं र हनामी बी एफसी चितवनबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाा सहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाा सहित ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रकाशित : चैत्र २४, २०८० १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?