इंग्लिस प्रिमियर लिग : फरेस्टको चार अंक काटियो
लन्डन — इंग्लिस प्रिमियर लिगको आर्थिक आचार संहिता उल्लङ्घन गरेको आरोपमा नटिङघम फरेस्टको मंगलबार चार अंक काटिएको छ । यससँगै फरेस्ट रेलिगेसन क्षेत्रमा झरेको छ ।
स्वत्रन्त्र कमिटी गरेको छानविनबाट फरेस्टले सन् २०२२–२०२३ मा ठूला घाटा बेहोरेको र यसक्रममा आर्थिक आचार संहिता उल्लङ्घन गरेको तय भएको थियो । क्लबले आफूविरुद्ध गरिएको कारवाहीले निराश भएको र दुःख लागेको जनाएको छ ।
यो सिजन प्रिमियर लिगमा अंक काटिने फरेस्ट दोस्रो क्लब हो । यसअघि एभरटनको पनि १० अंक काटिएको थियो । पछि यो छ अंकमा झरेको थियो । यो कारवाहीपछि फरेस्ट २१ अंकमै सीमित रह्यो र पुछारबाट तेस्रो स्थानमा रह्यो ।
प्रकाशित : चैत्र ६, २०८० ०६:३७प्रतिक्रिया