२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

युरोपा लिग : लिभरपुलको पाइला क्वाटरफाइनलमा

एएफपी

लन्डन — लिभरपुलले बिहीबार युरोपा लिगको क्वाटरफाइनलमा एक पाइला राखेको छ । लिभरपुलले अन्तिम १६ को पहिलो लेगको लेगमा स्पार्टक प्रागलाई ५–१ ले हरायो । अर्को खेलमा रोमाले भने ब्राइटनलाई सजिलै ४–० ले पराजित गर्‍यो । जाभी एलोन्सोको बायर लेभरकुजनले दुई गोलले पछाडि रहेकोस्थितिमा कराबागलाई २–२ को बराबरीमा रोक्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो ।

युरोपा लिग : लिभरपुलको पाइला क्वाटरफाइनलमा

योर्गन क्लोपको लिभरपुलको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम छ र अहिले प्राप्त जितले आइतबार म्यानचेस्टर सिटीविरुद्ध हुने इंग्लिस प्रिमियर लिग खेलका लागि तयार भएको देखाएको छ । उसका लागि प्रागमा भएको खेलमा डारविन नुनेजले दुई गोल गरे । यस्तै एलेक्स म्याकएलिस्टर, मोहमद सलाह र डोनिमिक सोबोजलाईले एक एक गोल गरे ।

बिहीबारका अन्य खेलमा एसी मिलानले स्लाभिया प्रागलाई ४–२, मार्सेले भिल्लारियललाई ४–० र फ्रायबर्गले वेस्ट ह्यामलाई १–० ले हरायो । यस्तै बेनफिका र रेन्जर्सले २–२ को बराबरी खेले ।

प्रकाशित : फाल्गुन २५, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?