२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ब्राजिली फुटबल लेजेन्ड जगालोको निधन

रोयटर्स

रियो डे जेनेरियो — खेलाडी र प्रशिक्षकका रूपमा चार पल्ट विश्वकप जितेका ब्राजिली फुटबल लेजेन्ड मारियो जगालोको शनिबार निधन भएको छ । उनी ९२ वर्षका थिए । सन् १९५८ मा ब्रालिले पहिलो पटक विश्वकप जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए ।

ब्राजिली फुटबल लेजेन्ड जगालोको निधन

लेफ्ट विन्गरका रूपमा खेल्ने जगालोको ब्राजिलले त्यसका चार वर्षपछि फेरि विश्वकप जितेको थियो । सन् १९७० मा उनको प्रशिक्षणमा ब्राजिल फेरि विश्वकप जित्न सफल भएको थियो । यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने पहिलो भए ।

त्यस विश्वकपमा उत्रेको ब्राजिललाई विश्व फुटबलकै अहिलेसम्मकै उत्कृष्ट मानिन्छ । त्यसका प्रमुख सदस्यमा पेले, जाइजिन्हो, रिभललिनो र टोसटाओ प्रमुख थिए । सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा उनी कार्लोस अल्बर्टो परेराका सहायक थिए ।

प्रकाशित : पुस २१, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?