कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लिटल फ्लावर विजयी

धनगढी — लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) आठौं संस्करणको पहिलो खेलमा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुलले विजयी सुरुआत गरेको छ । लिटल फ्लावरले आइतबार सुदूरपश्चिम अञ्चल एकेडेमी (एसपीए) लाई ८१ रनले पराजित गर्‍यो । 

लिटल फ्लावर विजयी

टस जितेर पहिले ब्याटिङ रोजेको फ्लावरले १ सय ३६ रन बनाएको थियो । कप्तान कृष्ण कार्कीले ६५ रन बनाए । एसपीए १६ ओभर खेली ५१ रनमा अलआउट भयो । एलपीएलले नेपाली खेलाडीहरू उत्पादन गरिरहेको नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

चन्दले लिटल फ्लावर प्रियिमर लिग आठौं संस्करणको उद्घाटमा सो कुरा बताएका हुन् । अर्जुन साउद, सन्दीप जोरा, नारायण जोशी, खड्क बोहरा, दीपक बोहरा (जुनियर) र दीपक बोहरा (सिनियर) लगायत खेलाडीहरूले एलपीएलबाट खेल्दै नेपाली क्रिकेट टोलीमा समावेश भएका थिए ।


प्रकाशित : मंसिर १८, २०८० ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?