कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२
नेपाल सुपर लिग २०२३

पोखराको जितमा ग्याबाहको निर्णायक गोल

काठमाडौँ — पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो ।

पोखराको जितमा ग्याबाहको निर्णायक गोल

दशरथ रंगशालामा शनिबार भएको खेलमा ग्याबाहले ७१ औं मिनेटमा गोल गरे । गोलरहित बराबरीपछि पेनाल्टी एरियामा पाएको सुन्दर पासको सदुपयोग गर्दै उनले निर्णायक गोल गरेका हुन् ।

यो जितपछि पोखराको पहिलो खेलबाट ३ अंक भएको छ । चितवन भने शून्य अंकमै रह्यो । शनिबारकै अर्को खेलमा ललितपुर सिटी एफसी र बुटवल–लुम्बिनी खेल्नेछन् ।

प्रकाशित : मंसिर ९, २०८० १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?