कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

हिमेश

काठमाडौँ — त्रिकोणात्मक ट्वान्टी २० सिरिज- २०२३ को फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबार निश्चित भएको छ र यो रहेको छ, यूएई । फाइनल शुक्रबार कीर्तिपुरको टीयू मैदानमा हुनेछ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच चलिरहेको प्रतिद्वन्द्वी फेरि एकपल्ट नवीकरण भएको छ ।

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हङकङ चाइनाले यूएईलाई ६९ रनले हराए पनि यो जित पर्याप्त रहेन । यूएईलाई फाइनल प्रवेशका लागि १ सय ३५ रन बनाउन आवश्यक थियो र त्यसलाई आत्मसात गर्न सफल रह्यो ।

दुवै टिम एक-एक जितसहित समान दुई अंकमा रहे । त्यस अर्थमा यूएई भाग्यशाली रह्यो, हङकङ नेट रनरेटको आधारमा पछाडि पर्‍यो ।

यसअघि दुवै टिमबीचको अर्को खेलमा यूएई नै विजयी रहेको थियो । यसपल्ट मूलपानी क्रिकेट मैदानमा बुधबार भएको समीकरणको आधारमा अघोषित सेमिफाइनलमा पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनायो । ओपनर मार्टिन कोएट्जको यो स्कोरमा सबैभन्दा बढी योगदान रह्यो, ८६ रनको ।

क्रिजमा पूर्णतः छाएका कोएट्जले हङकङका लागि ५५ बलको मात्र सामना गरे र १० चौका तथा चार छक्का प्रहार गरे । एन्सी राथले ३५ बलमा उपयोगी ४१ रन बनाएयता नटआउट रहेका ब्याटर बाबर हयातले २० बलमा आक्रामक ६० रन बनाए । उनको ब्याटबाट पाँच चौका तथा पाँच छक्का निस्केको थियो ।

जवाफमा यूएईले २० ओभर उपयोग गरेर पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो । ओपनर खालिद साहको ३५ रन नै टिमको स्कोरमा सबैभन्दा ठूलो व्यक्तिगत योगदान रह्यो । अन्त्यतिर एलिसान सराफुले ३०, बासिल अहमदले ३० तथा निलेश केस्वानीले ३१ रन बनाए ।

नेपाल यसअघि नै लिग चरणका सबै चारै खेल जितेर फाइनल पुगिसकेको छ ।

प्रकाशित : कार्तिक ८, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?