कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

एजेन्सी

नयाँ दिल्ली — डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।

इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

ह्यारी ब्रुक्सले ६१ बलमा बनाएको ६६ रनले इंग्ल्यान्डका लागि कोही पनि ब्याटरको सबैभन्दा ठूलो योगदान रह्यो । उनको ब्याटबाट सात चौका र एक छक्का निस्केको थियो । ओपनर डाविड मानलले ३२ रन जोडे । नियमित अन्तरमा विकेट गुमाएको इंग्ल्यान्डका लागि अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । अफगान बलरमध्ये मुजिब रहमानले ५१ रनका तीन विकेट लिए ।

त्यस अगाडि अफगानिस्तानले ओपनर रहमानुल्लाह गुरबजको ८० रनको मदतले ४९.५ ओभरमा सबै विकेट गुमाउन अगाडि सय ८४ रन बनाएको थियो । गुरबजले ५७ बलमा आठ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि इब्राहिम जारडनसँग मिलेर १ सय १४ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि मध्यक्रमका ब्याटटर इकरम इलखिलले पनि अर्धशतक पूरा गरे । उनले ६६ बलमा ५८ रन बनाए र त्यसमा तीन चौका तथा दुई छक्का सामेल थियो । इंग्लिस बलरमध्ये अदिल रसिदले ४२ रनमा तीन विकेट लिए । प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो भने इंग्ल्यान्डले आफूले खेलेको तीन खेलमा दोस्रो हार बेहोर्‍यो ।

प्रकाशित : आश्विन २८, २०८० २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?