२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

जावलाखेल अगाडि

काठमाडौँ — जावलाखेल युवा क्लबले च्यासल रंगशालामा बिहीबार फ्रेन्ड्स क्लबमाथि ४–१ को जित हासिल गर्दै सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० मा फेरि लय समात्ने प्रयास गरेको छ ।

जावलाखेल अगाडि

लगातार दोस्रो जितपछि जावलाखेल ३० अंक बनाएर शीर्षस्थानमा उक्लियो । एक खेल कम खेलेको चर्च ब्वाइजको पनि ३० अंक नै छ । तर, ‘हेड–टु–हेड’ का आधारमा जावलाखेल अगाडि बढेको हो र चर्च ब्वाइजले शीर्षस्थान गुमायो । जावलाखेलले १७ खेलमा नौ जित, तीन बराबर र पाँच हारको नतिजा निकालेको छ ।

जावलाखेलका लागि सबै गोल विदेशी खेलाडीले गरे । राहुलले २० औं मिनेटमा गोलको खाता खोलेका थिए । एनकोटो मासोबीले २६ औं मिनेटमा जावलाखेलको अग्रता दोब्बर बनाए । उनले ६३ औं मिनेटमा पेनाल्टीमार्फत ३–० को अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयमा फोडे फोफनाले पनि गोल गर्न भ्याए । फ्रेन्ड्सका लागि श्यामबाबु कक्षपतिले ७९ औं मिनेटमा सान्त्वना गोल गरे ।

आठौं हार बेहोरेको फ्रेन्ड्सले १७ खेलबाट १९ अंक जोडेको छ र यस्तो अवस्थामा रेलिगेसन क्षेत्रभन्दा दुई अंकमाथि रहेको छ । फ्रेन्ड्सभन्दा पछाडि एनआरटी (१८ अंक), खुमलटार (१७) र पुलिस (१६) छन् । यी तीनै टिमले एक खेल कम खेलेका छन् ।

प्रकाशित : वैशाख २८, २०८० १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?