कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोन्टेले छाडे टोटनहम

एजेन्सी

लन्डन — एन्टोनियो कोन्टेले इंग्लिस प्रिमियर लिग क्लब टोटनहमको व्यवस्थापकीय जिम्मेवारी आइतबार छाडेका छन् । क्लब सम्हालेको १६ महिनापछि उनी दुवै पक्षको सहमतिमा अलग भएका हुन् ।

कोन्टेले छाडे टोटनहम

लिगमा साउथह्याम्पटनविरुद्धको खेल बराबरीमा टुंगेपछि इटालीका फुटबल प्रशिक्षक कोन्टेले क्लब र आफ्ना खेलाडीको चर्को आलोचना गरेका थिए । लिगको चौथो स्थानमा रहे पनि टोटनहम सबै कप प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अब कोन्टेको सहायक क्रिस्टियन स्टेलिनीले लिगका बाँकी खेलमा प्रमुख प्रशिक्षकका रूपमा क्लब सम्हाल्ने छन् । सन् २०१९ यता टोटनहम अब चौथो व्यवस्थापकको खोजीमा हुनेछ ।

प्रकाशित : चैत्र १३, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?