कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्ड्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा

सन्जु पौडेल

तिलोत्तमा —  फ्रेन्ड्स क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको हो । 

फ्रेन्ड्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा

फ्रेन्ड्सका लागि कप्तान डोना थापा र विदेशी खेलाडी रफिक अमिनोले एक/एक गोल गरे । फ्रेन्ड्सका लागि खेलको ५२ मिनेट डोना थापाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

विदेशी खेलाडी रफिकले खेलको ८२ औं मिनेटमा अर्को गोल गर्दै फ्रेण्डसको अग्रता दोब्बर पारे । एपीएफका लागि अतिरिक्त समयमा प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काए । सोमबार भएको खेलमा फ्रेन्ड्सका रफिक अमिना म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मर्स्याङदी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?