कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पहिरोसँगै खसेको ढुंगा लागेर एक जनाको मृत्यु

डीआर पन्त

धनगढी — पहिरोसँगै खसेको ढुंगा टाउकोमा लागेर डडेलधुराका १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

शनिबार डोटीको दिपायलबाट मोटरसाइकलमा डडेलधुरा फर्किरहेका १७ बर्षीय राकेश ऐरको गन्यापधुरा–२ रडुवा खोलानजिकै आएको पहिरोको ढुंगा लागेर मृत्यु भएको हो ।

महेन्द्र माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत ऐरको डडेलधुरा अस्पतालमा उपचार हुन नसक्दा धनगडीमा रिफर गरिएको थियो । मोटरसाइकल पछाडि बसेका ऐरको आइतबार बिहान मृत्यु भएको हो ।

म १ प ८८३० नम्बरको मोटरसाइकल चालक नरेन्द्र पनेरु भने सकुशल रहेको डडेलधुरा प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : भाद्र २४, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?