कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि पत्र मुख्यमन्त्री कँडेलले संसद् सचिवालयमा पठाइसकेका छन् ।
गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले चैत २८ गते शपथसँगै पदभार ग्रहण गरेका थिए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीलाई २४ सांसदको समर्थन छ । एमालेका १०, माओवादीका १३ र समाजवादीका १ सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कर्णालीमा ८ मन्त्रालय छन् ।
कँडेलले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरेका छन् । सत्ता साझेदार दल माओवादीसँग प्रारम्भिक मन्त्रालय भागबन्डा टुंगिएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी भएको छ ।
प्रकाशित : वैशाख ११, २०८१ २१:१७प्रतिक्रिया