१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

डीबी बुढा

जुम्ला — पछिल्लो समयमा सडकमार्ग असुरक्षित हुँदा सडक दुर्घटना बढिरहेको भन्दै जुम्लाका सरोकारवाला निकायले सडकयात्रा सुरक्षित  बनाउने संकल्प गरेका छन् । उनीहरुले सडक यात्रा सुरक्षित गर्न ट्राफिक नियमको पालना गराउने, पार्किङ स्थलहरु फराकिलो बनाउदै साॅघुरा सडकहरुमा राखिएका चिन्हहरुको पुर्ण कार्यन्वयन गराउने प्रतिबद्धता जनाएका हुन् । 

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

कर्णाली राजमार्गको विकास र स्थानीय तहले गाउँ-गाउँमा सडक पहुँच विस्तार गरेसँगै बढ्दो सवारी चापपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या हल गर्न पनि उनीहरु एकजुट भएका हुन् । जिल्ला प्रहरी कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर ट्राफिक प्रहरी एक्लैले मात्रै सबै काम गर्न नक्सने भएकोले सबैले साथ दिन आग्रह गरेको बताए ।

सडक अतिक्रमण बढेको, नागरिकमा ट्राफिक चेतना नभएको,सवारीले क्षामता भन्दा बढी यात्रु बोक्ने गरेको,विभिन्न ठाउॅमा राखिएका ट्राफिक संकेत तथा चिन्हहरुको कार्यान्वयन नभएको, अधिकांश ठाउॅमा सडक तथा गल्लीहरु साँघुरो भएको, मनपरी पार्किङ भईरहेको लगायतका समस्या देखिएको प्रहरी प्रमुख डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

जुम्लाको मुख्य बजारदेखि रारा लिहि, त्रिवेणी कुडारी, तातोपानी, एैरेनी उमगाड, बसपार्क, एयरपोर्ट लगायतका ठाउॅमा व्यवस्थित तथा सहज ट्राफिक व्यवस्थापन गर्न सरोकारवालाको रचनात्मक सहयोग चाहिएको समेत उनको भनाइ थियो । ट्राफिक व्यवस्थापनलाई अभियानकै रुपमा संचालन गर्न लागिएको पनि डिएसपी कामतीले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले मानवीय प्रयोजनका लागि सडक, गल्ली, सदरमुकामको बजारदेखि ग्रामीण बजार दुर्घटनाको जोखिम बढेको बताए । सदरमुकामदेखि जिल्ला भित्रका आठै पालिकाका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु पर्ने तर्क उनको थियो । उनले ट्राफिक प्रहरीलाई सम्बन्धित स्थानीयतहले आवश्यक सहजीकरण तथा समन्वय गर्न पनि आग्रह गरे ।

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगपालिकाले भरपुर सहयोग गर्ने बताए । पार्किङ व्यवस्थापनलाई पहिलो प्रथामिकतामा राखेको समेत जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यातायात व्यवसायी तथा सवारी चालकलाई पनि ट्राफिक नियमको पालना गर्न आग्रह गरे । नागरिकममा ट्राफिक चेतना नहुनु र सडक साॅघुरो हुनुले पनि जोखिम बढीरहेको उनको भनाई छ । यस्तो अवस्थामा चालक, यातायात व्यवसायी, स्थानीय नागरिक सबै सचेत हुनु पर्नेमा जोड दिए ।

जुम्लाको ट्राफिक व्यवस्थापनलाई विगतको भन्दा प्रभावकारी र सहज बनाउन सबैले आ आफ्नो ठाउॅबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । तर जिल्लामा ट्राफिक प्रहरी निकै कम भएकोले सबैतिर नजर पुर्याउन कठिन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?