२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डोल्पा आगलागीमा परेका १ बालकको मृत्यु

तृप्ति शाही

वीरेन्द्रनगर — डोल्पामा आगलागीमा परेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षका सूलज बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । उनको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा शुक्रबार बिहान मृत्यु भएको हो ।

बिहीबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका थिए ।

गाउँनजिकैको वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालबालिका घाइते भएका थिए । घाइते दुइ जनालाई नेपाली सेनाकको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको डीएसपी केसीले बताए । वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू आगलागीमा परेका थिए

प्रकाशित : चैत्र ३०, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?