१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित

जाजरकोट — नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत को अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित

निर्वाचित शाहीले १ सय ९४ प्राप्त गर्दा पराजित भएका शाहीले १ सय ८६ मत पाएका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । शाहले १ सय ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १७५ मत प्राप्त गरेका गरे । त्यसैगरी सचिवमा १८८ मत प्राप्त गरी गोपालबहादुर नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन् । बस्नेतले १७१ मत प्राप्त गरेका छन् ।

उपसचिवमा तप्तबहादुर हमाल विजयी भएका छन् । उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन । हमालले १८१ मत प्राप्त गर्दा बस्नेतले १५७ मत प्राप्त गरेका छन् ।

महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन । बोहराले १९३ मत प्राप्त गर्दा जैसीले १५१ मत प्राप्त गरिन ।

पदाधिकारीहरुको मत गणना सकिएको र हअिले सदस्यहरुको मत गणना भईरहेको निर्वाचन कमिटीले जनाएको छ । एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४०४ प्रतिनिधी छनौट भएका थिए । त्यसमध्ये ३९७ मत खसेको थियो ।

प्रकाशित : चैत्र २८, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?