१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते

तृप्ति शाही

वीरेन्द्रनगर — डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते भएका डोल्पा प्रहरीले जनाएको छ  । 

डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते

आइतबार दिउँसोदेखि वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आगलागीमा परि घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केशरबहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । घाइते भएकाहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रकाशित : चैत्र २६, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?