कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा विद्यालय तालाबन्दी

विप्लव महर्जन

सल्यान — सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेमा रहेको बालकन्या माविका विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । शिक्षक नभएका कारण पठनपाठनबाट वञ्चित भएको आक्रोशमा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका हुन् ।

पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा विद्यालय तालाबन्दी

सम्बन्धित निकायले शिक्षकको व्यवस्था नगर्दासम्म विद्यालयमा पठनपाठन हुन नदिने विद्यार्थीले बताएका छन् । पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएकै कारण तत्काल शिक्षकको माग राख्दै दबाबस्वरुप विद्यालय तालाबन्दी गरिएको विद्यालयका विद्यार्थीले बताएका छन् ।

कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा ६ र ७ का गणित विषयको शिक्षक नहुँदा पठनपाठनबाट वञ्चित भएको र मावि तहको गणित पढाउने शिक्षकसमेत सरुवा भएकाले आउँदा दिनमा पढ्न नपाउने देखिएपछि विद्यालय तालाबन्दी गरिएको विद्यार्थीले जनाएका छन् ।

प्रकाशित : भाद्र ६, २०८० ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?