कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

रुकुममा हत्या आरोपमा महिला पक्राउ

महेश केसी

रुकुमपश्चिम — गत साउन १९ गते शुक्रबार मुसीकोट नगरपालिका–१, सल्लेस्थित आफ्नै घरमा मृत फेला परेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको र सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई जनालाई पक्राउ गरेको छ ।

रुकुममा हत्या आरोपमा महिला पक्राउ

कार्यालयमा सोमबार साँझ ६.३० बजे पत्रकार सम्मेलन गरेर प्रहरीले मुसीकोट–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र मुसीकोट–५, टटेला बस्ने ३० वर्षीया शोभाकुमारी सुनारलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईले शोभाकुमारी हत्यामा संलग्न नभएको र उनलाई सुन किनेको आधारमा नै पक्राउ गरिएको र त्यसैअनुसार अनुसन्धान अघि बढेको स्पष्ट पारे ।*

गत शुक्रबार राति ९:३० बजेतिर बुढाथोकीलाई आफ्नै घरको सुत्ने कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाको अवस्थामा कोठाभित्र मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । त्यसपछि कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेष प्रहरी टोली झिकाएर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको संयुक्त टोलीले दुई दिनसम्म अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए । आरोपित सिर्जना बोहराले मृतकको शरीरबाट सुनको सिक्री, तिलहरी लगायतका गहना र मोबाइल झिकेर लिएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

डीएसपी भट्टराईका अनुसार सम्पत्तिका लागि बुढाथोकीको हत्या भएको हुनसक्ने अनुसन्धानले देखाएको छ । मृतकका छोरा शशिधर बिसीले कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपद्रव मुद्दामा किटानी जहेरी दिएका थिए ।

*साउन २५ गते अद्यावधिक गरिएको ।

प्रकाशित : श्रावण २२, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?