वीरेन्द्रनगर — कर्णालीमा नेकपा एमालेले सभामुखका लागि उम्मेदवारको नाम टुंग्याएको छ । एमालेले सभामुखको लागि नन्दा गुरुङलाई अघि सारेको हो ।
एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुंगिएको र शनिबार दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए । गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् ।
कर्णालीमा सत्तारुढ दलको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।
प्रकाशित : पुस ३०, २०७९ १५:४८