१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

५० लाख रुपैयाँ बढीको अवैध सामान बरामद

सन्जु पौडेल

तिलोत्तमा — सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट ५० लाख मूल्यभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा अनुगमन टोलीले  आइतबार राति उक्त अवैध सामान बरामद गरेको हो ।

५० लाख रुपैयाँ बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका-४ स्थित दोगहरा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरी राखिएको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेले बताए । ग १ ख ९२२६ नम्बरको गाडीमा लोड गरिरहेको अवस्थामा ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १० हजार ४ सय केजी प्याज बरामद गरिएको डीएसपी न्यौपानेले बताए ।

त्यस्तै ४५ लाख रुपैयाँ मूल्य बराबरको गाडी र १० हजार रुपैयाँ बराबरको बोरा सिलाउने मेसिन गरी ५० लाख ३० हजार रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?