कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बर्दियामा ब्राउन सुगरसहित २ जना पक्राउ

कमल पन्थी

बर्दिया — नेपाल भारत सीमास्थित बढैयाताल गाउँपालिका–६ रानीपुरमा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जना पक्राउ परेकाछन् ।

भारतीय सीमा बहराइच जिल्लाको बलैगाउँ हुँदै बर्दिया आईरहेको समय शंका लागि जाँच गर्दा ३ सय ४० मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका बर्दिया बासगढी नपा–५ का २० वर्षका बिक्रम कुँवर र भारत मोतीपुर थाना बलैगाउँका २५ वर्षिय ताहिर अली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले बताए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानसहित मुद्दा दायर गरिएको उनले जनाए ।

प्रकाशित : वैशाख ९, २०८१ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?