कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रोल्पामा प्रहरीद्वारा अफिम खेती नष्ट

काशीराम डाँगी

रोल्पा — रोल्पाको पश्चिम उत्तरस्थित परिवर्तन गाउँपालिकामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । 

रोल्पामा प्रहरीद्वारा अफिम खेती नष्ट

हमधारामा लगाइएको २ रोपनी क्षेत्रफलको अफिम खेती शनिबार बाली नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भरत लामा एवं राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख कुशल थापामगर नेतृत्वको टोलीले १ रोपनी क्षेत्रफलमा लगाइएको ७/८ बोट अफिम नष्ट गरेको हो । उक्त क्षेत्र सदरमुकाम लिवाङभन्दा करि ४ किलोमीटर पश्चिममा पर्छ । अघिल्लो वर्ष पनि ती क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक राम नारायण गुप्ताले अघिल्लो वर्ष चैत २७ गते प्रहरीले पूर्वी रुकुमसँग सीमा जोडिएको रोल्पाको परिवर्तन ४ पाखापानीको खोलागाउँबाट ठूलो मात्रामा अफिम खेती नष्ट गरेको थियो । त्यहाँ प्रहरीले करिब २० रोपनी क्षेत्रफलमा लगाइएको १८ हजार वटा अफिमका बोट आगो लगाएर नष्ट गरिएको थियो । त्यसको भोलिपल्ट नै प्रहरीले परिवर्तन ४ खोलागाउँ नजिकैका जैरेनी, तातोपानीको पाखोबारी र वडा नम्बर ५ को बजेनीमा करिब ८ रोपनी क्षेत्रफलमा लगाइएका ७ हजार ५ सय वटा अफिमका बोट पनि नष्ट गर्‍यो ।

२०७९ वैशाख १ मा भने प्रहरीले परिवर्तन ४ सिंजाखोलामा करिब ९ कट्ठामा लगाइएको अफिम खेती समेत नष्ट गरेको थियो ।

प्रकाशित : चैत्र २५, २०८० १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?