कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरु

माधब अर्याल

पाल्पा — पाल्पाकाे रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता शुक्रबारदेखि  सुरू भएकाे छ । रामतुल्सी माविकाे खेल मैदानमा सुरू भएकाे उद्घाटन खेलमा लुम्बिनीले गण्डकीलाई सोझो सेटमा हरायो ।

लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरु

लुम्बिनीले गण्डकीलाई २५-९, २६-२४ र २५-९ ले जितेको छ । खेलको प्लेयर अफ दि म्याच लुम्बिनीकि मिना सुनार भइन् । शुक्रबार भएको पहिलो खेलमा वाग्मतीले सुदुरपश्चिमलाई २५-३, २५-५ र २५-३ को सोझो सेटमा पछि पारेको छ ।

खेलको प्लेयर अफ दि म्याच बागमतीकि जेनिशा बिश्वकर्मा भइन् । अर्को खेलमा सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २५-९, २५-५ र २५-१० को सेटले हराएको छ । खेलको प्लेयर अफ दि म्याच सशस्त्रकि रस्मिता दुरा भइन् ।

खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले खेलाडीकै कारण मुलुकलाई चिनाउन सहयाेग पुगेकाे बताए । खेलमा सात प्रदेश र सशस्त्र प्रहरी बल एपिएफ टीममाे सहभागिता रहेकाे छ । शुक्रबारदेखि सुरू भएकाे खेल फागुन २२ गतेसम्म संचालन हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरूङ्ले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुनेले दुई लाख ५० हजार, दितीयले एक लाख ५० हजार र तृतीयले ७५ हजार नगद मेडल र ट्रफी पाउनेछ । खेलका लागि जिल्ला खेलकुद बिकास समिति, रामपुर नगरपालिका, लुम्विनी प्रदेश सरकारका साथै स्थानीय सङ्घसंस्थाकाे सहयाेग रहेकाे छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?