कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दुई एग्रोभेटमा सिलबन्दी  

गगनशिला खड्का

गुल्मी — गुल्मी सदरमुकाममा सञ्चालित २ एग्रोभेट पसलमा प्रशासनले सिलबन्दी गरेको छ । रेसुंगा नगरपालिका-२, तम्घास बजारमा दर्ता नगरी सञ्चालन गरेका दुर्गा एग्रोभेट सेन्टर र मुसीकोट एग्रोभेट सेन्टरमा प्रशासनले सिलबन्दी गरेको हो । 

दुई एग्रोभेटमा सिलबन्दी  

औषधी व्यवस्था विभागको निर्देशनमा पसल सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताए ।

'औषधी व्यवस्था विभागले अनुगमन गर्दा दर्ता नगरी सञ्चालन गरेको फेला पारेपछि प्रमाण पेश गर्न भनेको रहेछ,' उनले भने, 'तर उहाँहरुले प्रमाण पेश गर्न नसकेको जानकारी पनि आएको र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा दर्ता प्रमाणपत्र पेश गर्न नसकेपछि सिलबन्दी गरिएको हो ।'

सिलबन्दी गरिएका पसलहरुको विषयमा थप अनुसन्धान गरी आवश्यक कारबाहीको निर्णय हुने पनि उनले बताए ।

प्रशासन कार्यालयले यसअघि आयुर्वेदिक औषधी पसलको अनुमति लिएर एलोपेथिक क्लिनिक सञ्चालन गर्ने दुईवटा पसलमा सिलबन्दी गरी २ लाख रुपैयाँ जरिवाना गरेको थियो । ती आयुर्वेदिक पसललाई थप कारबाहीको लागि औषधी व्यवस्था विभागमा लेखी पठाएपछि विभागले एग्रोभेटलाई पनि कारबाहीका लागि निर्देशन दिएको थियो ।

गुल्मीमा दर्ता बिना व्यवसाय सञ्चालन, मापदण्ड विपरित व्यवसाय सञ्चालन, उपभोग्य वस्तुमा मिसावट, कालोबजारी लगायतको चर्को समस्या विगत लामो समयदेखि रहेको भएपनि अनुगमन र कारबाही शून्यप्राय: थियो । तर केही समययता जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन र कारबाही तीब्र पारेको छ ।

प्रकाशित : फाल्गुन ६, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?