कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

चौतर्फी विरोधपछि सिद्धार्थ नगरपालिकाले घटायो सम्पत्ति कर

माधव ढुंगाना

भैरहवा — चौतर्फी विरोधपछि सिद्धार्थनगर नगरपालिकाले सम्पत्ति करको दर घटाएको छ । ७ सय गुणासम्म बढाएको सम्पत्ति करमा स्थानीय स्तरबाट तीब्र विरोध भएपछि  सिद्धार्थनगर नगरपालिकाले बिहीबार विशेष नगरसभा आह्वान गरी सम्पत्ति करको दर जम्मा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको हो ।

चौतर्फी विरोधपछि सिद्धार्थ नगरपालिकाले घटायो सम्पत्ति कर

बिहीबारको उक्त नगर सभाले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्तिको मूल्यांकन यथावत राख्ने र गत आर्थिक वर्ष २०७९/८० को सम्पत्ति करको दरमा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

पहिला सम्पत्ति कर निर्धारण प्रयोजनका लागि जग्गाको मूल्यांकन गर्दा मालपोत कार्यालय रुपन्देहीबाट रजिस्ट्रेसन प्रयोजनका लागि कायम गरिएको जग्गाको न्यूनतम मूल्यांकन अनुसार गरिने प्रावधान थियो । उक्त प्रावधानलाई संशोधन गरी अहिले जग्गाको मूल्यांकनका आधारमा कर निर्धारण गरिने प्रावधान गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति कर अत्याधिक भएको भन्दै नगरबासीले गुनासो गरेपछि विशेष नगरसभा बोलाइ आर्थिक ऐन संशोधन गरी सम्पत्ति करको दर घटाइएको नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । गत आर्थिक वर्षभन्दा सम्पत्ति कर २० प्रतिशतले मात्र सभाले वृद्धि गरेको उनले जनाए ।

प्रकाशित : श्रावण २६, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?