१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध

माधब अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ । सडकको तानसेन नगरपालिका–५ र ११ को क्षेत्र ढुंगाखानी र जोर्तेमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध

ढुंगाखानीमा खसेको ठूलो पहिरो हटाउन सकिएको छैन । खस्यौलीको मालमुल र जोर्ते क्षेत्रमा पनि पहिरो खसेकाले सडकमा सवारीसाधन चल्न सकेका छैनन् ।

गुल्मीतर्फबाट पाल्पा हुँदै बुटवल जाने सवारी साधन जोर्तेमै रोकिएका छन् । तानसेनबाट पाल्पाको पश्चिमी क्षेत्र, अर्घाखाँची, गुल्मी, बाग्लुङ लगायतका स्थानमा जाने सवारीसाधन ढुंगाखानीमै रोकिएको यात्रुहरूले बताए ।

पहिरो खुलाउन सडक डिभिजनको एउटा डोजर मालमुल, जोर्तेतर्फ पठाइएको र अर्को डोजर आउन समय लाग्ने भएकाले पहिरो पन्छाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रहरी र सडक डिभिजनका कर्मचारी ढुंगाखानी पहिरो नजिकै भए पनि डोजर नआएकाले खुलाउन सकेका छैनन् । ढुंगाखानीमा यसै वर्ष सडक चौडा गरेपछि पहिरोले दर्जनौं पटक सडक संचालनमा अवरोध हुंँदै आएको छ ।

प्रकाशित : श्रावण २३, २०८० २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?