३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

बर्दिया निकुञ्जमा ११ महिनामा पुगे ७ हजार ७ सय विदेशी पर्यटक 

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला महिना पर्यटकको संख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म यहाँ ७ हजार ७ सय विदेशी पर्यटक भित्रिएको   निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले बताए । उनकाअनुसार यीमध्ये १ हजार २ सय विदेशी पर्यटक सार्क राष्ट्रका छन् भने ६ हजार ५ सय अन्य मुलुकका हुन् । आन्तरिकसहित कुल २३ हजार ५ सय पर्यटक भित्रिएको उनले बताए । 

बर्दिया निकुञ्जमा ११ महिनामा पुगे ७ हजार ७ सय विदेशी पर्यटक 

यस अवधिमा १५ हजार ८ सय बढी आन्तरिक पर्यटक मात्रै आएका छन् । ‘गत आर्थिक वर्ष २०७८/०७९ मा कुल १६ हजार बढी आन्तरिक, ९ सय पर्यटक सार्क राष्ट्रबाट र २ हजार ५ सय अन्य मुलुकबाट आएका पर्यटकले बर्दिया निकुञ्जको अवलोकन गरेका थिए,’ उनले भने, ‘बर्दिया निकुञ्जमा सहजै बाघ हेर्न पाइने भएकाले पर्यटकको संख्या उल्लेखनीय बढेको हो ।’ बर्दिया निकुञ्जमा पछिल्लो गणना अनुसार १ सय २५ बाघ छन् ।

गणनाअनुसार बाघसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २० वटा हात्ती र ३८ वटा गैंडा छन् । साथै एकसिंगे गैंडा, चितुवा, घोडेगधा, जरायो, चितुवा, लगुना, बाह्रसिंगे लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छ । जलचरमा घडियाल, गोही, सोस र विभिन्न प्रजातिका माछा पाइन्छ । यसैगरी रैथाने र बसाई गरी आउने ५ सय १३ प्रजातिका पंक्षीहरुको अभिलेख रहेको निकुञ्जले जनाएको छ । यस वर्ष भारी वर्षा र लगतार पानी नपरे निकुञ्ज अवलोकन खुला राखिने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले वर्षायाम भएकोले लगातार वर्षा भएमा भने पर्यटकलाई निकुञ्ज प्रवेशमा रोक लगाइने छ ।

प्रकाशित : असार १३, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?