कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला 

माधब अर्याल

पाल्पा — साथीहरुसँगै तिनाउ खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक किशोरको शुक्रबार शव फेला परेको छ । तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित तिनाउ खोलामा डुबेर बुधबार रूपन्देहीको सिद्धार्थ नगरपालिका–८, भैरहवा गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएका थिए । 

बुधबारदेखि नै प्रहरी, स्थानीय र आफन्तले किशोरको खोजी जारी राखिएकोमा ड्यामसाइड क्षेत्रमा बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?