२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाल्पामा बस र स्कुटी आपसमा ठोक्किँदा एकको मृत्यु 

माधब अर्याल

पाल्पा — पाल्पाको झुम्सा नजिकै बस र स्कुटर आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीमा सवार बगनासकाली गाउँपालिका-६, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाल्पामा बस र स्कुटी आपसमा ठोक्किँदा एकको मृत्यु 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार बसलाई उछिन्ने क्रममा बससँग ठोक्किँदा न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?