कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सरावलमा टिपरको ठक्करबाट युवकको मृत्यु 

नवीन पौडेल

पश्चिम नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलहपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

लु १ ख ४१२५ नम्बरको टिपरले लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल नगरपालिका १३ का ३२ वर्षीय चिरन्जिवी काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेलाई उपचारको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिए पनि चिकत्सिकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : चैत्र ३०, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?