कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गण्डकीमा 'फ्लोर क्रस' गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

दिपक मनाङे छैटौंपल्ट मन्त्री
दीपक परियार

पोखरा — गण्डकी प्रदेशमा माओवादीको 'फ्लोर क्रस' गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गण्डकीमा 'फ्लोर क्रस' गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन् । दुवै मन्त्रीले मंगलबार शपथ ग्रहण गरे । उनीहरूलाई प्रदश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराए ।

माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटाले सोमबार ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए ।

विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ । यसअघि कांग्रेसका टकराज गुरूङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार दिउँसो ३ बजे संसदमा प्रस्तुत हुँदै छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×