कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

गोरखा — बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी दिवंगत हुनेहरुको सम्मान तथा सम्झनामा बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले मंगलबार सार्वजनिक सुचना प्रकाशित गरेर जानकारी दिएको हो ।

बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

बुधबार गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहनेछन् ।

२०७२ वैशाख १२ गते शनिबार ११.५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । बुधबार भूकम्पको केन्द्रविन्दु बारपाकस्थित हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम गर्ने पनि तय भएको छ ।


प्रकाशित : वैशाख ११, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?