१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

गोरखकाली रबर उद्योगको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका १३ मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगमा जडान गरिएको तामाको तारहरु चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैशाख ६ गते रबर उद्योगको मेसिनमा जडान गरेको तामाको तार चोरी भएको घटना अनुसन्धनाको क्रममा प्रहरीले एक बालकलाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा चोरी भएको तामाको तार खरिद गर्ने भारत, पश्चिमचम्पारण बिहार प्रदेश मैनाटार थाना घर भई तनहुँको आवुखैरेनी–३ बस्ने दिलिप गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको पसलबाट चोरी भएको केही तामाको तार पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । गोरखकाली रबर उद्योग अहिले बन्द अवस्थामा रहेको छ ।

गोरखकाली रबर उद्योगका कम्पनी सुरक्षा गार्डबाट आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरी निगरानी कक्षा तथा हिरासतमा राखेर आइतबार चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ९, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?