२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तीन दिनदेखि बेपत्ता युवाको शव सेती नदीमा फेला

कास्की — तीन दिनदेखि बेपत्ता रहेका एक युवाको शव सेती नदीमा फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका-१ करुवास्थित सेती नदीकाे खाेँचमा अड्किएको अवस्थामा देखिएको उनको शव सोमबार सशस्त्र प्रहरीको टोलीले निकालेको हो । 

तीन दिनदेखि बेपत्ता युवाको शव सेती नदीमा फेला

सो शव माछापुच्छ्रे गाँउपालिका-१ करुवा बस्ने २५ वर्षीय जगत पुनकाे रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका प्रमुख एसपी अरूण पाैडेलले बताए ।

सेती नदीको १५० मिटर खोँचकाे पानीभित्र ३ मिटर गहिराे ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो ।

एसपी पौडेलका अनुसार दिउँसो साढे २ बजे मिनेट जाँदा शवलाई उद्धार गरी पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । मानिसको हात तैरिरहेको अवस्थामा देखिएको र पानीको बाहाव तीव्र रहेको भन्ने सूचना प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी उद्वारका लागि खटिएका थिए ।

शव उद्वार गरेपछि मात्र पुनकाे परिवारले पहिचान गरेकाे एसपी पाैडेलले बताए । उनका अनुसार पुन वैशाख १ गतेदेखि नै बेपत्ता थिए ।

प्रकाशित : वैशाख ३, २०८१ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?