२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

जिल्ला अस्पतालहरुको ओपीडी सेवा विस्तार गर्ने गण्डकी सरकारको निर्णय

कास्की — गण्डकी प्रदेश सरकारले जिल्ला अस्पतालहरुको ओपीडी सेवा विस्तार गर्ने निर्णय गरेको छ । आइतबार मात्रै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त एमाले नेता खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालहरुको ओपीडी सेवालाई विस्तार गर्ने निर्णय गरेका हुन् । 

जिल्ला अस्पतालहरुको ओपीडी सेवा विस्तार गर्ने गण्डकी सरकारको निर्णय

बैठकले मन्त्री हरिबहादुर चुमानला२ प्रदेश मन्त्रिपरिषद्को प्रवक्ता तोकेको छ । त्यस्तै, पहिचान गरिएका ३५ वटा कानूनहरुको तर्जुमा प्रक्रियालाई शीघ्रता प्रदान गर्ने निर्णय गरेको छ ।

केन्द्रमा गठबन्धन फेरबदल भएपछि अधिकारी गण्डकीमा दोश्रोपटक मुख्यमन्त्री बनेका छन् । एमाले, माओवादी केन्द्र सहित गठबन्धनबाट मुख्यमन्त्री बनेका उनले आइतबार चुमान र स्वतन्त्र सांसद राजिब गुरुङलाई विनाविभागीय मन्त्री बनाएका छन् ।

प्रकाशित : चैत्र २५, २०८० १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?