कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित

घनश्याम खड्का

म्याग्दी — नेकपा एमाले म्याग्दीको १० औं अधिवेशनबाट अध्यक्षमा युवा नेता बालकृष्ण सुवेदी निर्विरोध चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवद्वयमा सतप्रसाद रोकामगर र खड्ग गिरी निर्वाचित भएका छन् ।

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित

७५ सदस्यीय जिल्ला कमिटीमा महिला तर्फ २३ सदस्य, खुल्ला तर्फ १३ सदस्य, युवा ११, दलित ५, मजदुर १, अल्पसंख्यक २, भुगोल तर्फ अन्नपूर्ण गाउँपालिकाबाट ५, रघुगंगाबाट ४, बेनीबाट १४, मंगलाबाट ९, मालिकाबाट ६ र धवलागिरीबाट ५ सदस्य चयन भएका छन् ।

शुक्रबार महासचिव शंकर पोखरेलले उद्घाटन गरेको जिल्ला अधिवेशन शनिबार सक्ने समय तोकिएको थियो । तर उपाध्यक्ष र उपसचिवमा सहमति जुट्न नसक्दा निर्वाचन एक दिन ढिलो गरी सम्पन्न भएको हो ।

उपाध्यक्ष आकांक्षी सुरत केसी र सचिव आकांक्षी दिपक कार्कीलाई प्रदेश कमिटीमा मनोनित गराउने सर्तमा मनोनयन फिर्ता गराइएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

प्रकाशित : माघ १४, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?