२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते 

सम्झना रसाइली

तनहुँ — आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा एक बालिका घाइते भएकी छन् । चितुवाको आक्रमण परी स्थानीय प्रेम गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौली घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए । घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रकाशित : आश्विन २७, २०८० २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?