२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

चापाकोटका पूर्वमेयर शिव गिरीको सडक दुर्घटनामा निधन

प्रतिक्षा काफले

कास्की — स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस महाधिवेशन प्रतिनिधि शिव गिरीको सडक दुर्घटनामा परी निधन भएको छ ।

चापाकोटका पूर्वमेयर शिव गिरीको सडक दुर्घटनामा निधन

सिद्वार्थ राजमार्ग स्याङ्जा सडकखण्डअन्तगर्त पुतलीबजार नगरपालिका-१० बरजामा बा १५ च १७०९ नम्बरको जिप अनियन्त्रित भइ खस्दा गिरी दुर्घटनामा परेका हुन् ।

शुक्रबार राति ११ बजे राङखोलाबाट स्याङ्जा बजार आउने क्रममा जिप खसेपछि घाइते भएका ६० वर्षीय गिरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले गिरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । गिरी चापाकोट नगरपालिका-४ दर्सिङका हुन् ।

गिरीको शव अस्पतालमै राखिएको छ । पुतलीबजार-९ कोल्मा बस्ने चालक सुरज नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?