कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पोखरामा २३ वर्षपछि उच्च तापक्रम 

लालप्रसाद शर्मा

पोखरा — कास्की पोखराको तापक्रम शुक्रबार ३६ डिग्री मापन गरिएको छ । अपराह्न ५.४५ बजेको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो तापक्रम नापिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । २३ वर्षपछि पोखराको तापक्रम यतिधेरै मापन भएको हो । 

पोखरामा २३ वर्षपछि उच्च तापक्रम 

कार्यालय प्रमुख मिनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यही जुनमा ३३.८ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बिहीबार बढेर ३५.७ पुगेको थियो । अर्यालका अनुसार झन्डै एक सातादेखि पानी नपरेको पोखरमा आगामी बुधबार, बिहीबार बदली भइ वर्षा हुने संभावना छ । मनसुन सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले वर्षा हुन पनि सक्ने उनले बताए ।

अत्यधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?